साढे २८ लाख भारतीय रुपैयाँसहित तीन महिला पक्राउ
![साढे २८ लाख भारतीय रुपैयाँसहित तीन महिला पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/%E0%A5%A7_20221010213250_az635Rm86k.jpg)
वीरगन्ज : नेपाल प्रतिबन्धित भारतीय नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालिएको छ।
नेपालमा भारतीय ५ सय, १ हजार र २ हजार दरका नोट प्रतिबन्धित छ। ती नोटको अवैध ओसार पसारमा यसअघि पुरुषको मात्रै प्रयोग हुँदै आए पनि अब भने कारोबारीले त्यस्ता प्रतिबन्धित नोटको अवैध ओसार पसारमा महिलाको प्रयोग गर्न थालेका हुन्।
यसैक्रममा प्रहरीले नेपाल प्रतिबन्धित भारतीय नोटसहित तीन जना महिलालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज १६ रजतजयन्ती चोकबाट नेपाल प्रतिबन्धित भारतीय नोट २८ लाख ५६ हजारसहित तीन जना महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुममा नुवाकोट जिल्लाको साविक गाविस शिखरवेसी-७ की ४५ वर्षीया अनिता तामाङ, सोही ठाँउकी ४४ वर्षीया सरिता अग्रवाल र धादिङ घर भएकी ३० वर्षीया मन्जु तामाङ रहेका छन्।
उनीहरूको साथबाट भारतीय २ हजार र ५ सय दरका नोट गरी २८ लाख ५६ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए। बरामद नोटको स्रोत पनि नखुलेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)