‘थापा र मरासिनीबीच तेस्रो पटक चुनावी भिडन्त हुने’

‘थापा र मरासिनीबीच तेस्रो पटक चुनावी भिडन्त हुने’

स्याङ्जा : स्याङ्जाको संघीय क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा र नेकपा एमालेका नारायणप्रसाद मरासिनीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। मंसिर ४ को प्रतिनिधिसभा सदस्य चयन निर्वाचनमा थापा र मरासिनीबीच हुन लागेको यो लगातार तेस्रो पटकको प्रतिस्पर्धा  हो।  

२०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचन, २०७४ को संघीय निर्वाचन र अहिले पनि आमने सामने छन्। मुख्य प्रतिस्पर्धामा पनि यिनै अनुहार हुन्। दोश्रो पटक सम्पन्न २०७० को संबिधानसभा निर्वाचनमा कांग्रेसतर्फका उम्मेदवार थापा विजयी भएका थिए। त्यसपछिको २०७४ सालको संघीय निर्वाचनमा गठबन्धन सहित एमालेका मरासिनी निर्वाचित भएका हुन्। 

उनीहरुसँगै क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा अन्य ३ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ।

नेकपा एकीकृत समाजबादीतर्फका विष्णु गिरी, राप्रपाका खेमबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी, मौलिक जरोकिलो पार्टीका हरी नेपाल, मंगोल नेसनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका ओमबहादुर थापा, हाम्रो नेपाली पार्टीका सोमबहादुर नेपली, नेपाली कांग्रेस विपीका प्रदीप पौडेल, नेकपा माओवादी समाजवादीका ईश्वरीप्रसाद पौडेल, जनसमाजबादी नेपालका तीलकुमारी नेपाली, स्वतन्त्रतर्फका गोबिन्दबहादुर रानाभाट, अर्जुनप्रसाद पौडेल र लोकबहादुर दमैले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए। 

दुई संघीय निर्वाचन क्षेत्र रहेको यहाँ १ को क प्रदेशमा ८ जना र ख प्रदेशतर्फ ७ जनाको उम्मेदवारी दर्ता भएको छ। 
प्रदेशसभा क मा नेपाली कांग्रेसतर्फका मेखलाल श्रेष्ठ, नेकपा एमालेका सीता सुन्दास, नेकपा माओबादी केन्द्रका अमृता थापा, राप्रपाका सूर्यलाल श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका तिरथ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिंह थापा, हाम्रो नेपाली पार्टीका मकबुल मियाँ, स्वतन्त्र दुर्गादत्त भुसाल रहेका छन्। 

यसैगरी, १ को ख प्रदेशबाट नेपाली कांग्रेसका बुद्धिबहादुर राना, नेकपा एमालेका सुधिर पौडेल, नेकपा एकीकृत समाजबादीका शर्मिला पौडेल, राप्रपाका शान्ती हमाल, राप्रपा नेपालका गोबिन्दप्रसाद उपाध्याय, मंगोल नेसनल अर्गनाइजेसनका चिन्तु गुरुङ, स्वतन्त्र मनोज नेपालीको उम्मेदवारी परेको छ।

स्याङ्जामा गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं. १ को क मा माओवादी केन्द्रले र संघसहित ख प्रदेशमा समाजवादीले उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.