पार्टीको कारबाहीमा परे, तर उम्मेदवारी फिर्ता लिएनन् विद्रोहीले

पार्टीको कारबाहीमा परे, तर उम्मेदवारी फिर्ता लिएनन् विद्रोहीले

राजविराज : सप्तरीमा पार्टी निर्णयबाट असन्तुष्ट भई विद्रोहीउम्मेदवारी दिएकाहरुले मनोनयन फिर्ता लिएनन्। पार्टीले कारबाही गर्ने चेतावनी दिए पनि बुधबार मनोनयन फिर्ता लिने दिन विद्रोही उम्मेदवारले मनोनयन फिर्ता लिएनन्।

सप्तरीमा प्रतिनिधिसभाको चार सदस्य र प्रदेश सभाको आठ सदस्यका लागि एक सय ८१ जनाको मनोनयन दर्ता भएकोमा पाँच जनाले मात्र फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। स्वतन्त्रबाट उम्मेदवारी दिने ६८ जनामध्ये चार जना र सप्तरी १ (ख) मालोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कुमरनाथ मिश्रबाहेक अन्यले आफ्नो उम्मेदवारी कायम राखेका छन्।

गठबन्धनमा रहेको कांग्रेसको भागमा परेको सप्तरी १ (ख) मा कांग्रेसका बद्रिनारायण महात्मान यादवको उम्मेदवारी परेको छ। गठबन्धन गर्दा लोसपाले सप्तरी २ को प्रतिनिधिसभा सदस्य र सप्तरी २ (क) को प्रदेश सभा सदस्यमा मात्र भाग पाएको छ।

यसअघि प्रतिनिधिसभामा निर्वाचित भएको सप्तरी ३ मा समेत प्रदेशसभा सदस्यसमेत नपाएपछि असन्तुष्ट कार्यकर्ताको दबाकमा लोसपाले नै केहीलाई आधिकारिक उम्मेदवार बनाएको हो। मिश्रले उम्मेदवारी फिर्ता लिए पनि सप्तरी ३ बाट लोसपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका लक्ष्मीकान्त चौधरी, सप्तरी ३ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका गजेन्द्रप्रसाद मण्डल र सप्तरी १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका तुलसीप्रसाद चौधरीले भने मनोनयन फिर्ता लिएनन्।

सप्तरीमा स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का सुरेन्द्रप्रसाद शर्मा, प्रदेश सभा ३ (क) का अनिलकुमार गुप्ता, ३ (ख) का अमरेन्द्र यादव र ४ (क) का मोहम्मद गफुरले मनोनयन फिर्ता लिएका छन्।

वाम गठबन्धनबाट गत प्रतिनिधिसभाको निर्वाचनमा १८ हजार २२५ मत ल्याएर निकट्तम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका नेता तथा संविधान सभाका सदस्य अशोक कुमार मण्डलको उम्मेदवारी कायम राखेका छन्। इच्छाएको पद विपरित प्रदेश १ (क)को टिकट अस्वीकार गर्दै मण्डलले सप्तरी १ को प्रतिनिधि सभामा विद्रोही उम्मेदवारी दिएका थिए।

प्रतिनिधिसभामा स्वतन्त्रबाट उम्मेदवारी दिने कांग्रेसका केन्द्रीय सदस्य हेमराज तातेडको सप्तरी १ मा र जसपाका केन्द्रीय सदस्य नेता चितनारायण यादवको सप्तरी २ मा उम्मेदवारी कायम छ । पार्टीका क्षेत्रीय समिति र जिल्ला समितिको सिफारिसमै नपरेका पूर्व मन्त्री रेणु यादवका छोरा अभिषेक यादवलाई सप्तरी ४ (ख) बाट टिकट दिएपछि सप्तरीको क्षेत्र नम्बर ४ मा सामूहिक विद्रोह भएको छ। पार्टीको आधिकारिक र गठबन्धनका उम्मेदवार विरुद्ध प्यानलसहित बागी उम्मेदवारी दिएका मो. कासिममियाँको प्रतिनिधि सभा ४ मातथामहेन्द्र प्रसाद चौधरीको ४ को प्रदेश (क) मा र अनिरुद्ध प्रसाद सिंह यादवको ४ को प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवारी कायम छ। प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका चौधरी र यादव जसपाका केन्द्रीय सदस्य हुन्।

प्रदेश १ क मा माओवादी परित्याग गरी उम्मेदवार बनेका शम्भुबहादुर खडका, प्रदेश २ ख मा कांग्रेसबाट असन्तुष्ट भई उम्मेदवारी दिएका निरज शाही खडगी, सदैव बाबुराम भट्टराईसँग नजिक रही केन्द्रीय सदस्यमा रहेका नेपाल समाजवादी पार्टीका राजदेब रामको प्रदेश ४ (क) बाट उम्मेदवारी कायम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.