त्रिशूली अस्पतालमा उपचार गराउने बिरामी दोब्बर बढे

त्रिशूली अस्पतालमा उपचार गराउने बिरामी दोब्बर बढे

नुवाकोट :  दसैं बिदाको समयमा नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा यस वर्ष दोब्बर बढी बिरामीले सेवा लिएका छन्। थोरै प्राविधिक तथा कर्मचारीबीच पनि झण्डै सातसय बिरामीले बिदाको समयमा उपचार सेवा पाएका हुन्। 

अघिल्ला वर्षको चाडपर्वको भन्दा यस वर्षको वडादसैंको बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका अस्पतालले जनाएको छ। बिदाको अवधिमा त्रिशूली अस्पताल नुवाकोटबाट ६ सय ७७ जना बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (प्रमुख) डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार बियतेको दुई वर्षको दसैँमा कोरोना सङ्क्रमणको जोखिम रहेको समयमासमेत पर्व बिदामा कुल तीन सय हाराहारीका बिरामीले सेवा लिएकामा यस वर्ष दोब्बर बढी बिरामीले सेवा लिएका हुन्। ‘सेवाग्राही बिरामीको सङ्ख्या बढ्नु भनेको समुदायमा बिरामीको सङ्ख्या बढेको हो’, अस्पतालका मेसु डा पाण्डेले अगाडि भने, ‘यस समयमा सबैभन्दा बढी ज्वरो र डेङ्गुका बिरामी अस्पतालमा भर्ना भएका छन्।’

बिदाको अवधिमा ज्वरोका बिरामी दुई सय ३०, डेङ्गुका एक सय ६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चार जनाले उपचार सेवा पाएका छन्। यसका साथै भवितव्य मृत्यु भएका व्यक्तिको शव परीक्षण एक जनासहित अन्य विभिन्न स्वास्थ्य समस्या भएका दुई सय ३० बिरामीलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराइएको त्रिशूली अस्पतालले जनाएको छ।

अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये एक सयभन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा पाण्डेले बताए । उनका अनुसार अस्पतालले वडादसैँ बिदाको समयमा बहिरङ्ग विभाग (ओपीडी) सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो। 

अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा वडादसैँ बिदाको समयमा पूर्ण निरन्तरता दिइएको थियो। बाग्मती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १ सय  शय्या चलाउँदै नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा दिइरहेको छ। 

अस्पतालले डेङ्गु रोगको निःशुल्क परीक्षणसहित कोरोना परीक्षणका लागि आरटी–पिसीआर परीक्षण प्रयोगशाला डिजिटल एक्सरे, आइसीयू, एनआइसीयू, एचडीयूलगायतका सेवा उपलब्ध गराउँदै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.