नुवाकोटमा मतदाता बढे

नुवाकोटमा मतदाता बढे

नुवाकोट : नुवाकोटमा मतदाता बढेका छन्। स्थानीय तह सदस्य निर्वाचनमा भन्दा यस आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दुई हजार बढी मतदाता थपिएका हुन्।

संघीय तथा प्रदेशको निर्वाचनमा १२ स्थानीय तह रहेको नुवाकोटमा दुई लाख ३९ हजार ७२६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन्। 

आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने पुरुष मतदाताको सङ्ख्या एक लाख २३ हजार ९४१ तथा महिलाको सङ्ख्या एक लाख १५ हजार ७८२ र अन्य तीन मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानका लागि नुवाकोटमा एक सय ३२ मतदानस्थल र दुई सय ८८ मतदान केन्द्र कायम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएका छ। नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई तथा प्रदेशसभा निर्वाचन क्षेत्र चार रहेका छन्। 

यस्तै निर्वाचन क्षेत्र नं १ मा एक लाख २० हजार ७५२ र क्षेत्र नं २ मा एक लाख १८ हजार ९७४ मतदाता छन्। त्यसमध्ये निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) मा ५९ हजार ४५९ र (ख) मा ६१ हजार २९३ मतदाता छन्। 

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा ५९ हजार ४५३ र (ख) मा ५९ हजार ५२१ मतदाता रहेको निर्वाचन आयोगले विवरणमा उल्लेख छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार ४३४ मतदाता कायम भएका थिए। 

सो निर्वाचनको भन्दा दुई हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। मतदाताहरु मतदानका लागि उत्साहित रहेको पाइएको उनले बताए।

स्थानीय तह सदस्य निर्वाचनपछि सञ्चालन भएको मतदाता नामावली सङ्कलन कार्यक्रममा सहभागी भई चार हजार ५३७ जनाले फोटो खिचाएका थिए। गत भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन भएको थियो। 

त्यस समयमा मृत्यु भएका मतदाताको नाम हटाउनका लागि मात्र निवेदन परेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.