प्रदेश स्तरीय कराँतेमा नुवाकोट प्रथम
नुवाकोट : खेल क्षेत्रको विकासका लागि नुवाकोटको म्यागङमा सञ्चालित बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नुवाकोट प्रथम भएको छ।
प्रतियोगितामा १३ स्वर्ण १० रजत र १७ कास्य पदक जित्दै नुवाकोट प्रथम भएको छ। ४ स्वर्ण र ४ कास्य पदकसहित सिन्धुपाल्चोक उपविजेता बनेको छ। यस्तै ३ स्वर्ण १ रजत र ८ कास्य पदक जित्दै काठमाडौले तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा उत्कृष्ट अनुशासित खेलाडी समूह धादिङ भएको छ। उत्कृष्ट पुरुष खेलाडी ललितपुरका अभिषेक तामाङ भएका छन्।
यस्तै उत्कृष्ट महिला खेलाडी भक्तपुरकी रुक्साना दुवाल भएकी छन्। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलाडी, भन्ने नारासहित म्यागङ गाउँपालिका-५ सामरीमा बाग्मती प्रदेश स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको हो।
नेपाल सितोरियो कराँते डो, सामरी कल्लाबारी डोजो नुवाकोट र म्यागङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेशका नुवाकोट, रसुवासहित नौ जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका थिए।