हामी विप्लव, सिके राउत र थारुको माग पूरा गर्छौँ : गृहमन्त्री
भैरहवा : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पुरा गर्न सरकारले प्रक्रिया अगाडी बढाएको बताएका छन् ।
रुपन्देही-३ मा ५ दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका केन्द्रीय सदस्य खाँणले आइतबार बुटवल उपमहानगरपालिका-१९ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ती दलहरुले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पुरा गर्न सकिने माग पुरा गर्न तत्काल प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको बताए ।
उनले यी राजनीतिक दललाई मुलधारमा ल्याइ मुलुकमा शान्ति स्थापना गर्न कानून संशोधन गर्नु पर्ने भएमा संशोधनको प्रक्रियासमेत अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताए।
यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता विना शर्त रिहा गर्न, आफुहरुसँग सरकारले गरेका सहमतिहरु कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !