एउटा धरोहरको अन्त्य

एउटा धरोहरको अन्त्य

सत्यमोहन जोशी असाध्यै सरल स्वभावको व्यक्ति हुनुहुन्थ्यो। उहाँको कोहीसँग प्रतिस्पर्धा थिएन। र, उहाँको तुलना कोहीसँग हुन पनि सक्दैन। उहाँको निधनको खबरले निकै दुःख लागेको छ। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान सधैंभरि सम्झनयोग्य छ। ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीले नेपाली कला साहित्य, भाषा संस्कृतिलाई विश्वभर चिनाउनुभयो। 

उहाँसँग जोडिएका मेरा थुपै्र यादहरू छन्। ती यादहरू अहिले ताजा भएका छन्। मेरो नजरमा उहाँ असल र सरल स्वभावको व्यक्तित्व हो। केही वर्ष अगाडिको कुरा हो, एकपटक हामीले कुनै एक संस्थाबाट एक लाख एउटा पुरस्कार आयोजना गरेका थियांै। जसमा उहाँ र राष्ट्रकविलाई पुरस्कृत गर्ने निर्णय भएको थियो। राष्ट्रकविले संयुक्तमा लिन्न, भन्नुभयो। तर, उहाँले सहज रूपमा स्वीकार्नुभयो। राष्ट्रकविले नलिएपछि हामीले पछि एक लाख नै उहाँलाई दिने निर्णय गर्‍यौं। त्यो समयदेखि मलाई उहाँप्रतिको सम्मान झनै बढ्यो। त्यो समयदेखि उहाँ सरल सहज हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ।

अर्को पटक नेपाल साहित्य मन्दिरको जम्मा ६, ७ हजारको पुरस्कार थियो। उहाँलाई दिने निर्णय भयो। मैले उहाँलाई पुरस्कारको राशिको कुरा पनि सुनाए। उहाँले पुरस्कारको रकम ठूलो होइन सम्मान ठूलो हो, भनेर स्वीकार्नु गर्नुभयो। सम्मानका लागि उहाँ भएको ठाउँमा लिन आउन खोज्दा, पनि पर्दैन म हिँड्न सकिहाल्छु नि, भनेर पाटनदेखि हिँडेर आउनुभयो। न त घमण्ड न त रिस उहाँसँग कसैसँग नभएको व्यक्तित्व थियो।  आफ्नो बारेमा, सत्य कुरा बोल्ने, उहाँको एकदमै राम्रो बानी देखे मैंले। जब कि अन्य कविहरूलाई पनि देख्यौं। उहाँ सत्य वचन बोल्न कहिल्यै पछि हटनु भएन। उच्च व्यक्तित्व, घमण्ड रिसराग नभएको सधैं सम्झिनयोग्य व्यक्ति उहाँ। उहाँसँग, ‘हजुरले राम्रो ठूलो काम गर्नुभएको छ भनिरहँदा तिमी पनि गर न्, लाटी म के सहयोग गर्नुपर्छ गर्छु भन्नु हुन्थ्यो।’ ज्यादै सज्जन असाध्यै भलादमी, उहाँको योगदानलाई हामी कहिल्यै पनि बिर्सन सक्दैनौं। 

उहाँले तीन पटक मदन पुरस्कार पाउनु भयो। यो सामान्य कुरा होइन्। एक पटक मदन पुरस्कारबाट सम्मान पाउन कति गाह्रो हुन्छ भने, तीन पटक पाउनु साधारण कुरा होइन। उहाँको व्यक्तित्व, कृति, योगदान, छवि हामी कहिले बिर्सन सक्दैनौं। लामो आयु लिएर जन्मनुभएका उहाँले १०३ वर्ष बाँच्नु सामान्य कुरा होइन। हामीलाई कृतिहरू छोडेर जानु भएको छ। उहाँका पाठक वर्गलाई अतुलनीय क्षति भएको छ। नेपालको एउटा धरोहर ढलेको छ। देशले नै ठूलो क्षति बेहोर्नु परेको छ। सबै नेपालीका लागि यो दुःखको कुरा हो।

उहाँकी श्रीमती पनि ९९ वर्षको हुनुहुन्छ। परिवार शोकमा छ। हामीले उहाँको कामलाई पछ्याउनुपर्छ। जोशीको काम र योगदान पछिल्लो पुस्ताले सिक्न जरुरी छ।  ‘नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन्। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.