२८८ मतदान केन्द्र कायम

२८८ मतदान केन्द्र कायम

नुवाकोट : मंसिर ४ गतेको प्रदेश तथा संघीय निर्वाचनका लागि नुवाकोटमा मतदानस्थल र मतदान केन्द्र कायम गरिएको छ। सुरक्षा निकायले मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरिरहेको छ। 

१२ स्थानीय तह रहेको नुवाकोटमा १३२ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ। 
जसमध्ये २८८ वटा मतदान केन्द्रहरु निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।

नुवाकोटमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। 

नुवाकोटमा तीन जना तेस्रो लिंगीसहित दुई लाख ३९ हजार हजार ७२६ मतदाता छन्। यीमध्ये एक लाख २३ हजार ९४१ जना पुरुष रहेका छन्। एक लाख १५ हजार ७८२ महिला रहेका छन्। 

प्रतिनिधि सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नुवाकोटमा दुई निर्वाचन क्षेत्र रहेको छ भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र कायम छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.