सार्वजनिक स्थलका चुनावी प्रचार सामग्री सुरक्षाकर्मीले हटाउँदै

सार्वजनिक स्थलका चुनावी प्रचार सामग्री सुरक्षाकर्मीले हटाउँदै

वीरगन्ज : पर्सामा राजनीतिक दल र उम्मेदवारले आचारसंहिता उल्लंघन गरी सार्वजनिक स्थानमा प्रयोग गरेका चुनावी प्रचारका सामग्रीहरू निर्वाचन आयोगले हटाउन थालेको छ। 

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गरिरहेको भएपनि निर्वाचन आयोग मौन बसेको जनगुनासो आएपछि जिल्ला निर्वाचन कार्यालय पर्साले त्यस्ता चुनावी प्रचारका सामग्रीहरू शुक्रबारदेखि सुरक्षाकर्मी लगाएर हटाउन थालेको हो। 

निर्वाचन कार्यालयका आचारसंहिता उल्लंघन अनुगमन अधिकृत रुद्र कार्कीको नेतृत्वमा सुरक्षाकर्मीसहित खटिएको टोलीले शुक्रबार पोखरीया नगरपालिका, विन्दवासिनी र पकाहामैनपुर गाँउपालिकाका विभिन्न स्थानमा पुगेर आचारसंहिताविपरीत प्रयोग गरिएका चुनावी प्रचारका सामग्री हटाउन थालेको हो। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित खटिएको टोलीले पोखरिया नगरपालिकाको पोखरिया बजार, बिन्दवासनी गाउँपालिकाको अमरपट्टी, प्रसौनिभाठा तथा पकहामैनपुर गाउँपालिकाको पकाहास्थित सडकका पोल, सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलमा दल र उम्मेदवारहरूले राखेका झण्डा, ब्यानर, साइन बोर्ड, पोष्टर र पम्प्लेटहरू हटाएको हो।

निर्वाचन आचारसंहिता उल्लंघन गरी सार्वजनिक स्थलमा प्रयोग गरिएका चुनावी प्रचारका सामग्रीहरू शुक्रबारदेखि हटाउन थालिएको भन्दै पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले दल र उम्मेदवारहरूले फेरि अटेर गरी त्यस्ता गतिविधि गरेको पाइए निर्वाचन ऐन अनुसार कारबाहीको दायरमा ल्याइने पनि बताए। 

पर्साको पोखरिया नगरपालिकाको पोखरिया बजारस्थित सार्वजनिक स्थलमा दल र उम्मेदवारले राखेका प्रचार सामग्री हटाउँदै सुरक्षाकर्मीहरू। तस्बिर : क्रान्ति शाह


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.