मितेरी पुलमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु
![मितेरी पुलमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Accident_20221024144652_FmQMvn4a4K.jpg)
वीरगन्ज : वीरगन्ज नाकास्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ।
वीरगन्ज रक्सौल नाकास्थित मितेरी पुलमा सोमबार दिउँसो साढे १२ बजे तिर भारतबाट नून लिएर आउँदै गरेको नेपाली नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा भारत घर भएका ६० वर्षीय एक वृद्धको मृत्यु भएको हो।
ना३ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा ठक्कर दिँदा भारत बिहारमा घर भएका वृद्धको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए।
घटनास्थल भारतमै परेको र मृतक पनि भारतीय नागरिक भएकाले शव भारतीय प्रहरीको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।
ठक्कर दिने ट्रकलाई पनि नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा लगाइएको बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)