आगलागीबाट तीन घर जले, सवा दुई करोड भन्दा बढीको क्षति

आगलागीबाट तीन घर जले, सवा दुई करोड भन्दा बढीको क्षति

नुवाकोट : नुवाकोटको शिवपुरीमा तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट सवा दुई करोड रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको छ। 

शिवपुरी गाउँपालिका–८ मा रातिको समयमा लागेको आगोबाट स्थानीय तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

स्थानीय सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फेन्सी पसलबाट सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्रीहरू जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।

प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ भने स्थानीयका अनुसार सवा दुई करोड रुपैयाँ भन्दा बढीको धनमाल नोकसान भएको छ।

डिएसपी थापाका अनुसार 'थापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक विवरणअनुसार दुई करोड २० लाख रुपैयाँ बरारबको क्षति भएको छ।
 
पीडित परिवार र प्रहरी प्रशासन घटना (आगलागी) नियन्त्रणतर्फ केन्द्रित भएकाले सम्पत्ति क्षतिको यकिन तथ्याङ्कमा त्योभन्दा बढीसमेत हुनसक्ने खड्काले बतााए। 

रातको पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो।

आगो लागेका तीन घरमा निकै क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित रुपमा बचाउन सकिएको नुवाकोट प्रहरीले जनाएको छ। 

आगो लाग्नुका कारण नखुले पनि तिहारको समयमा विद्युतीय गडबढी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.