फुटबलमा न्यु भिजन विजयी

फुटबलमा न्यु भिजन विजयी

नुवाकोट : गाउँमा फुटबल खेलको विकास र विस्तारका लागि नुवाकोटको बाघखोरमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ। 

शुभबिहानी युवा क्लबले बेलकोटगढी नगरपालिका-९ बाघखोरस्थित खेल मैदानमा आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई उपविजेतामा सीमित बनाउँदै बेलकोटगढी-७ को न्यु भिजन युथ क्लबले उपाधि जितेको हो। 

न्यु भिजनले दुईका विरुद्ध तीन गोल गरेर आयोजक शुभबिहानी युथ क्लबलाई पराजित गरेर उपाधिका साथ नगद २० हजार, मेडल र प्रमाणपत्र पुरस्कार जितेको हो। 

उपविजेता आयोजक शुभबिहानीले नगद १० हजार, मेडल र प्रमाणपत्र पुरस्कार जितेको छ। आयोजक शुभबिहानीका अजय तामाङले उत्कृष्ट खेलाडीको पुरस्कार थापे। 

सो प्रतियोगितामा विभिन्न ११ वटा फुटबल क्लब तथा समूहहरूले प्रतिस्पर्धा गरेको आयोजक शुभबिहानीका उपाध्यक्ष जीवन तामाङले जानकारी दिए। 

विजेता तथा उपविजेता क्लब तथा खेलाडीहरूलाई बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले नगद पुरस्कारका साथै शिल्ड, मेडर र प्रमाणपत्र वितरण गरे। 

उनले नगरमा खेल क्षेत्रको विकास, विस्तार तथा खेलाडीहरूको सम्वर्द्धनका लागि विविध खेल कार्यक्रम सञ्चालन गरेको बताए। उनले खेलको निरन्तरताले खेलाडीहरूलाई राष्ट्रियस्तरमा पुग्न मद्दत पुग्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.