भेरीमा बेपत्ता विक्रान्त अझै भेटिएनन्

भेरीमा बेपत्ता विक्रान्त अझै भेटिएनन्

जाजरकोट : भेरी नदीमा बेपत्ता भएका जाजरकोट खलंगाका विक्रान्त केसी अझै भेटिएका छैनन् ।

जिल्ला सदरमुकाम नजिकै भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदीको किनारमा पिकनिक खान गएको बेला नुहाउने क्रममा कार्तिक ८ गते विक्रान्त बेपत्ता भएका थिए । नुहाउने क्रममा भेरी नगरपालिका ४ का रोशन खड्का बगेपछि बचाउन गएका विक्रान्त नदीमा बेपत्ता भएका थिए।

नदीमा डुबेका रोशन भने तत्काल मृत अवस्थामा फेला परेका थिए । घटना भएको ६ दिन वितिसक्दा पनि विक्रान्तको अवस्था अझै अज्ञात नै रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए । नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य गरेपनि फेला पार्न नसकिएको प्रजिअ श्रेष्ठले बताए । 

तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिए पनि वेपत्ता विक्रान्तलाई फेला पार्न नसकिएको उनले बताए । तिहारको अवसरमा सदरमुकाम खलंगामा भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले भेरी नदी किनारामा पिकनिक(भोज)को आयोजना गरेका थिए । 

पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा एकजना किशोरको मृत्यु भएको अर्का युवा वेपत्ता भएपछि सदरमुकाम खलंगा शोकमग्न भएको छ । विक्रान्तका बुवाको गत वर्ष नै निधन भएको थियो। साहारा बन्ला भनेको छोरा भेरीमा बेपत्ता भएपछि आमा शोकमा डुबेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.