नरेशको 'पत्थर जस्तो दिल'मा सुधिर र उषा
![नरेशको 'पत्थर जस्तो दिल'मा सुधिर र उषा](https://annapurnapost.prixacdn.net/media/albums/Musicvideo_20221030190231_4LMVGPv7Uq.jpg)
काठमाडौं : 'पत्थर जस्तो दिल' नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।
साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संगीत तथा स्वर दिएका छन्। गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन्।
विशुद्ध मनोरञ्जनात्मक यस भिडियोमा एक युवाले एक युवतीलाई पहिलोपटक हेरेपछि उसको रूपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
म्युजिक भिडियोमा सुधिर श्रेष्ठ तथा उषा उप्रेतीले अभिनय गरेका छन्। स्वयं रचनाकार नरेश ज्ञवाली निर्माता रहेका यस भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।
गायक गौतमको आधिकारिक च्यानल 'थानेश्वर गौतम' मार्फत भिडियो सार्वजनिक गरिएको हो।
विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला-साहित्यलाई अगाडि बढाउन प्रयासरत छन्। उनले दर्जनौं गजल र कविताहरू लेखेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)