नुवाकोटमा पनि छठ मनाइयो (फोटोफिचर)

नुवाकोटमा पनि छठ मनाइयो (फोटोफिचर)

नुवाकोट : तराईमा मात्र मनाइँदै आएको छठ पर्व केही वर्षदेखि नुवाकोटमा पनि मनाउन थालिएको छ। 

छठ पर्व नौ वर्षदेखि नुवाकोटका विभिन्न नदी किनारामा तराई समुदायका व्यक्तिहरूले मनाउँदै आएका छन्।

२०६५ सालअघि तराईको विभिन्न क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। तराई मुलका नागरिकहरूले आइतबार त्रिशूली बजारमा रहेको राममन्दिर नजिकै त्रिशूली नदीको किनारामा लहरै जम्मा भई छैंठी माताको पूजाआजा गर्दै छठ मनाइएको राम मन्दिरस्थित त्रिशूली नदी किनारामा छठ पूजामा सहभागी लालबाबु गुप्ताले बताए। 

त्रिशूली नदी किनाराको त्रिशूली, देवीघाट, बेत्रावती तथा तादीको ढिकुरेमासमेत छठ पर्व मनाइएको छ। 

सामूहिक रूपमा तराईवासी मिलेर त्रिशूलीको रामघाटमा छठपूजा गरिएको विदुर नगरपालिका-१ ढुंगेबजारमा बसोबास गर्दै आएका अमरेशकुमार कलवारले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.