रुपन्देही–३ मा बालकृष्ण खाँणलाई जनमुक्तिको समर्थन

रुपन्देही–३ मा बालकृष्ण खाँणलाई जनमुक्तिको समर्थन

भैरहवा : अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रुपमा नेपाली कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी निष्कृय बनाएको घोषणा गरे ।

 रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ ।

गठबन्धनको तर्फबाट रुपन्देही–३ मा नेपाली कांग्रेसका केन्दीय सदस्य एवं गृहमन्त्री खाँण उम्मेदवार छन् ।

रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।

उनका अनुसार जनमुक्ति पार्टीले रुपन्देहीको निर्वाचन क्षेत्र १, ३, ४, ५ बाट प्रतिनिधिसभा सदस्य र २ (क), २ (ख) र ३ (ख) मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारलाई तथा गठबन्धनले रुपन्देही २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका जनमुक्ति पार्टीका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।

जनमुक्तिले समर्थनले जिल्लामा गठबन्धनका उम्मेदवारहरु सहजै विजयी हुने सभापति खाँणको दावी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.