गरिबलाई निःशुल्क विद्युत्, युवालाई निर्ब्याजी ऋण : एस

गरिबलाई निःशुल्क विद्युत्, युवालाई निर्ब्याजी ऋण : एस

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिपरिवार २ सय युनिट विद्युत् निःशुल्क दिनेदेखि पानीजहाज सञ्चालन गर्नेसम्मका महत्वकांक्षी प्रतिबद्धतासहितको चुनावी घोषणापत्र ल्याएको छ।

बानेश्वर काठमाडौंस्थित पार्टी कार्यालयमा सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सञ्चारसहित ठूला र महत्वकांक्षी योजना उक्त पार्टीले समेटेको छ। अपांगता भएका व्यक्तिलाई रोजगार वा स्वरोजगार बनाउन निब्र्याजी ऋण दिने, एक जिल्ला एक बहुप्रविधिक शिक्षालय बनाउने र विद्युत्लाई निःशुल्क गर्नेदेखि पानी जहाज चलाउनेसम्मका योजना घोषणापत्रमा समेटिएको छ। 

‘अपांगतामैत्री गाउँ/सहर, हाम्रो रहर’ भन्ने नाराका साथ विद्यालय, सार्वजनिक सेवा प्रवाह स्थल, सामुदायिक भवन तथा शौचालयहरू अपांगतामैत्री तथा वातावरणमैत्री बनाइने घोषणापत्रमा उल्लेख छ। ७० प्रतिशत जनशक्ति प्राविधिक विषयमा उत्पादन गर्ने गरी शिक्षा नीतिमा परिवर्तन गर्ने प्रतिबद्धता पनि नेकपा एसले जनाएको छ। माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्न पहल गर्ने, सामुदायिक विद्यालयको स्तर सुधार गर्ने घोषणा पनि सँगै गरिएको छ। 

‘सामुदायिक विद्यालयको पढाइ निजी विद्यालयको भन्दा राम्रो बनाउन पहल गर्ने, राज्यले सार्वजनिक शिक्षामा लगानी तथा क्षमता वृद्धि गर्ने, निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई नियमन गर्दै दुई खाले शिक्षा प्रणालीमा रहेको विभेद क्रमशः हटाउने तथा संविधानले प्रत्याभूत गरेको आधारभूत शिक्षालाई पूर्ण निःशुल्क गरिने छ,’ घोषणापत्रमा भनिएको छ। 

यसैगरी नेकपा एसले प्रत्येक परिवारलाई मासिक २ सय युनिट बिजुली निःशुल्क दिने प्रतिबद्धता पनि गरेको छ। उक्त घोषणापत्रमा तीनै तहको सरकारसँग सहकार्य गरेर २ सय युनिट बिजुली निःशुल्क दिने उल्लेख छ। ‘तीनै तहका सरकारबाट हरेक घर परिवारलाई मासिक रूपमा २ सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान तथा बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने छ,’ घोषणापत्रमा भनिएको छ। विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामहरूमा डेडिकेटेड विद्युत् लाइन जडान गरिने घोषणापत्रमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.