अब ह्वाटसपमा आफूले आफैँलाई म्यासेज गर्न सकिने!

अब ह्वाटसपमा आफूले आफैँलाई म्यासेज गर्न सकिने!

सामाजिक सञ्जाल ह्वाटसपले आफूले आफैँलाई म्यासेज गर्न पाउने गरी नयाँ सेटिङ थप्ने भएको छ । 

यो सेवा विस्तारका लागि अहिले परीक्षण भइरहेको छ । 'म्यासेज यूअर सेल्फ' नामको फिचर थप्न लागेको ह्वाटसेपले अहिले परीक्षण भइरहेको जनाएको छ । 

अहिले यो फिचर एन्ड्रोएड बीटा प्रयोगकर्तासँग प्रयोग भइरहेको छ । यो सफल भएपछि चाँडै एन्ड्रोएड र आईओएसका नर्मल प्रयोगकर्तामा लागू हुनेछ । 

WABetaInfo दिने रिपोर्ट अनुसार कसरी प्रयोग गर्ने भन्ने जानकारी सहित यो फिचर तयार पारिने कम्पनीले जनाएको छ । यो फिचर आफूले आफैँलाई इमेल गरेजस्तै हुने बताइएको छ ।

ह्वाटसपले दिन लागेको यो सेवा पहिले पनि थियो । तर प्रयोगको तरिका झण्झटिलो भएकाले प्रयोगकर्ताले रुचाएका थिएनन् । अब त्यसैलाई व्यवस्थित र सहज बनाउने गरी तयारी भइरहेको छ । 

योसँगै ह्वाटसपले ग्रुप च्याटमा प्रोफाइल फोटो देखिने फिचर्स पनि थप्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.