नमुना मतदानमै अलमलिए मतदाता

नमुना मतदानमै अलमलिए मतदाता

दैलेख : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत दैलेखमा नमुना मतदान गरिएको छ ।

मंगलबार जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको कार्यालय डाँडापराजुलमा नमुना मतदान गरिएको हो । डुङ्गेश्वर गाउँपालिकाबाट मतदाता शिक्षा कार्यक्रमअन्तरगर्त नमुना मतदानको अभ्यास सुरुवात गरिएको हो । 

जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमुना मतदानको अभ्यास थालेको हो । 

नमुना मतदानको क्रममा वृद्धवृद्धालगायतका केहि व्यक्तिहरु अल्मिलिएको पाइएको छ । ‘नमुना मतदानमा सहभागी हुनु भएका केहि व्यक्तिहरुले एउटा मतपत्रमा मतदान गरेपछि सकियो होला भन्ने ठानेर झुक्किनुभएको थियो,' डुङ्गेश्वर गाउँपालिकाका सूचना प्रविधि अधिकृत नन्दराज रेग्मीले भने, ‘आम मतदाताहरुलाई छुट्टाछुट्टै रूपमा चारवटा मतपत्रमा मतदान गर्नुपर्छ भन्ने विषयमा सिकाउनुपर्ने देखियो।'

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रूपमा चारवटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । नमुना मतदानमा सहभागीहरुले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकेमात्र मतदाताहरु नझुक्किने बताएका छन् ।

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नमुना मतदानको अभ्यास थालिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् । ‘हामीले मंगलबारदेखि डुङ्गेश्वर गाउँपालिकाबाट नमुना मतदानको कार्यक्रम थालनी गरेका छौँ,' निर्वाचन अधिकारी काउचाले भनिन् ‘दैलेखको सात गाउँपालिका र चार नगरपालिकासहित ११ वटै स्थानीय तहहरुमा नमुना मतदानको कार्यक्रम सञ्चालन गर्छौं ।’

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।
जिल्ला निर्वाचन अधिकारी काउचाका अनुसार कात्तिक १८ गतेदेखि मतदाता शिक्षा स्वंयमसेवक परिचालन गरिँदैछ । मतदाता शिक्षाका लागि घरदैलो प्रशिक्षण कार्यक्रम कात्तिक १८ देखि मंसिर १ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी काउचाले जानकारी दिइन् । 

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहहरुका लागि मतदाता शिक्षा अनुगमन अधिकृत तोकिसकेको छ । मतदाता शिक्षा अनुगमन अधिकृतले मतदाता शिक्षा कार्यक्रमको स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनको मान्यता अनुसार नियमित अनुगमन गरी निर्वाचन अधिकारीलाई प्रतिवेदन पेश गर्नेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.