नुवाकोटमा आइपुग्यो मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री

नुवाकोटमा आइपुग्यो मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री

नुवाकोट : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नुवाकोटमा मतपेटिका लगायतका सामग्रीहरू आइपुगेको छ। 

मतदानका लागि विभिन्न ५८ प्रकारका सामग्रीहरू विदुर आइपुगेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। 

१३२ स्थलमा कायम गरिएका २८८ मतदान केन्द्रका लागि आवश्यक मतपेटिका नुवाकोट आइसकेको कार्यालय प्रमुख गौतमले बताए। उनका अनुसार ८० देखि ८५ लिटर क्षमताका सेतो रंगका मतपेटिका आइपुगेका हुन्। 

थप २५० थान मतपेटिका लगायतका नमूना तथा समानुपातिक प्रणालीतर्फको मतपेटिका लगायतका सामग्रीहरू आएसँगै मिलाउन सुरु गरिएको कार्यालयले जनाएको छ। 

निर्वाचन आयोगले स्वस्तिक छाप, सुरक्षा सिल, छेकावार, मसी, रवर म्याट, सुरक्षण सिल, कोरा कपडा, परिचय पत्र कार्ड, डोरी, विभिन्न प्रकारका कलमहरू, स्वास्थ्य सामगी तथा कागजपत्रलगायतका ५८ प्रकारका सामग्रीहरू पठाएको हो। 

प्रत्यक्षतर्फको मतपत्र र नयाँ कायम मतदाता परिचय पत्र आउन बाँकी रहेको कार्यालयले जनाएको छ। आयोगबाट आएका मतदान सामग्रीहरूको वास्तविक अवस्थाको पहिचान गर्ने कार्य भइरहेको छ। 

आएका मतपेटिका तथा अन्य मतदान सामग्रीको सदरमुकाम विदुरमा रुजु गर्ने र ब्याण्डिङ गर्ने कार्य भइरहेको छ।  

विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको नुवाकोटमा दुई लाख ३९ हजार ७ सय २६ जना मतदाता छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.