हतियार बुझाउन अटेरी, समयमै नबुझाए घरमै गएर बरामद गर्ने बागलुङ प्रहरीको तयारी

हतियार बुझाउन अटेरी, समयमै नबुझाए घरमै गएर बरामद गर्ने बागलुङ प्रहरीको तयारी

बागलुङ : बागलुङमा इजाजत प्राप्त हतियार बुझाउन हतियार धनीहरुले अटेरी गरेका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित जिल्ला प्रशासनको आग्रहपछि बागलुङमा ३० जनाले मात्रै हतियार प्रहरीलाई बुझाएका छन् । 

जिल्ला प्रशासन कार्यालय बागलुङले असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कार्तिक ६ गतेसम्म हतियार बुझाउन आग्रह गरेपनि बागलुङमा सोमबारसम्म ३० जनाले मात्र हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

बागलुङमा दर्तावाला मात्रै १ सय २० भन्दा बढी हतियार छन् । तर, आफूसँग भएको हतियार प्रहरी प्रशासनमा बुझान हतियारधनीले तत्परता देखाएका छैनन् ।
प्रशासनले निर्वाचनलाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत पत्र प्राप्त हतियारहरु नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) गंगा बहादुर थापाले सोमबारसम्म ३० जनाले मात्र हतियार बुझाएको बताए । 

प्रनाउ थापाले प्रशासनको सूचनालाई आधार मानि छिटोभन्दा छिटो हतियार बुझाउनुको विकल्पन नरहेको बताए । ‘इजाजत प्राप्त हतियारहरु को-कोसँग छ न्ने प्रशासनमा डाटा छ,' उनले भने, ‘समयमै प्रहरीमा नबुझाएमा घरघरमै गएर बरामद गरी कानुन अनुरुप कारवाही गछौं ।’ 

उनले आफूसँग भएको हतियार तुरुन्त प्रशासन र प्रहरी कार्यालय, इलाका कार्यालय, प्रहरी चौकी, पोष्टलगायतमा छिटोभन्दा छिटो बुझाउन आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय बागलुङका नासु राम प्रसाद शर्माका अनुसार बागलुङमा १ सय २० वटा जति दर्तावाला हतियार (बन्दुक) छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.