काठमाडौं : चितवन भरतपुर महानगरपलिका -२९ को नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
गएराती १२:३५ तिर भएको दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये १६/१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारको क्रममा २ बजे मृत्यु भएको हो।
काठमाडौंबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगंञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा दुर्घटना भएको हो।
घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।