गिरीबन्धु टी–स्टेटबारे ठूला दल आमनेसामन्ने

एमाले र ओलीप्रति लगाएको आरोपमा कांग्रेसले माफी नमागे राजनीतिक प्रतिवाद गर्छौं : पौडेल

एमाले र ओलीप्रति लगाएको आरोपमा कांग्रेसले माफी नमागे राजनीतिक प्रतिवाद गर्छौं : पौडेल

काठमाडौं : नेकपा एमालेले गिरीबन्धु टी–स्टेटबारे नेपाली कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपाका नेताहरु सहभागी बैठकमा एमालेले अध्यक्ष केपीशर्मा ओलीमाथि कांग्रेसले भ्रामक र प्रतिशोधपूर्ण लान्छाना लगाएकाले माफी माग्नुपर्ने धारणा राखेको हो। 

आज बालुवाटारमा भएको सत्ता पक्ष र विपक्षदलको बैठकपश्चात एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ओलीविरुद्ध तथ्यहीन प्रचार गरेकाले लान्छानाबाट पछि हट्न आग्रह गरेको जानकारी दिए। पौडेलले कांग्रेसले गलत लाञ्छना लगाएको भन्दै त्यसलाई नसच्याए एमाले राजनीतिक प्रतिवादमा उत्रिने चेतावनी दिए। 

पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै कांग्रेसले राष्ट्रिय राजनीतिलाई बिथोल्न उनको दाबी छ। ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्ने कुरा चाहिँ पछिल्ला दिनका घटनाक्रम र पछिल्ला दिनका अभिव्यक्तिले संकेत गरिरहेका छन्। विशेष गरिकन एउटा असान्दर्भिक, अनुचित, आधारहीन र पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीति परिस्थितिलाई बिथोल्न कांग्रेस लागिरहेको छ। पछिल्लो दिनमा नेकपा एमालेको विरुद्ध र विशेषगरी हाम्रो पार्टीका अध्यक्षविरुद्ध प्रायोजित,पूर्वाग्रही, तथ्यहीन,गलत,भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरु प्रचार गरिरहेका छन्।’ पौडेलले भने,‘सबैभन्दा पहिले कांग्रेसलाई आधारहीन, प्रतिशोधपूर्ण लाञ्छनाबाट पछि हट्नका लागि आग्रह गर्न चाहन्छु। कांग्रेसले के बुझ्न जरुरी छ भने, यसप्रकारका अभिव्यक्तिबाट नेपाली कांग्रेस पछि हट्दैन भने नेकपा एमाले यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा उत्रन्छ भन्ने कुरा बुझ्न जरुरी छ।’

पौडेलले कांग्रेसले एमाले र अध्यक्ष केपीशर्मा ओलीप्रति लगाएको आरोपप्रति लिखित रुपमा क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नुपर्ने धारणा राखे। आरोपका बीच उनले कांग्रेससँगको सम्बन्ध ठिक ढंगले अगाडि नबढ्ने धारणा राखे। कांग्रेसले छानबिन समिति गठन बनाउने माग गरेपनि बनाउन तयार नभएको उल्लेख गरे। 

आइतबार विरोध सभामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी ओलीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीलाई बचाउन लागिपरेको टिप्पणी गरेका थिए। एउटाले सहकारी र अर्कोले गिरिबन्धुलाई मिलाइराख्ने प्रयास गरेको भन्दै शर्माले अहिलेको गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका थिए। यसैगरी कांग्रेसले गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन् ? गिरिबन्धु जहाँ छन्’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। सहकारी ठगीविरुद्धको आन्दोलनमा ओलीलाई पूर्वाग्रही ढंगले मुछिएको एमालेको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.