रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
धादिङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले राजन अर्यालको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई नयाँ दिशा दिएकाे छ ।
पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास अन्तर्गत भएको प्रतिस्पर्धात्मक निर्वाचनबाट ज्वालामुखी गाउँपालिका निवासी तथा रास्वपा बागमती प्रदेश कमिटी सदस्य राजन अर्याल जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। उनले निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठक र रामकुमार थपलियालाई पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
अधिवेशनले जिल्ला उपसभापतिमा श्रवण त्रिपाठीलाई चयन गरेको छ। त्रिपाठीले प्रतिस्पर्धी लिला श्रेष्ठलाई पराजित गर्दै कार्यसमितिमा दोस्रो वरीयताको जिम्मेवारी प्राप्त गरेका हुन्।
यस्तै सचिव पदमा राम भण्डारी निर्वाचित भएका छन्। उनले कल्पना श्रेष्ठ र विदुर अधिकारीसँगको प्रतिस्पर्धामा विजय हासिल गरे। सहसचिव पदमा श्रीराम आचार्य विजयी भए। उनले राजेन्द्र कडेललाई पराजित गर्दै कार्यसमितिमा स्थान सुरक्षित गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !