रास्वपाको केन्द्रीय महिला विभाग सदस्य पराजुली अर्घाखाँचीको सभापतिमा निर्वाचित
अर्घाखाँची : राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीको जिल्ला अध्यक्षमा सीता पराजुली निर्वाचित भएकी छन् । सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले सीता पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । उनी रास्वपा केन्द्रीय महिला विभाग सदस्य थिइन् ।
निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी भएकी हुन् । पराजुलीले ९१ र सुनारले ७८ मत प्राप्त गरे । अर्का सभापतिका उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा सहयोगी विसी, सचिवमा चिरन पन्थी र सहसचिवमा लक्ष्मण भट्टराई निर्वाचित भएको निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !