प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अवरोध रहन्छ : विपक्षी दल

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अवरोध रहन्छ : विपक्षी दल
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपश्चात एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म विपक्षी दलले संसद अवरोध गर्ने जानकारी गराए।  

उनले गम्भीर विषयमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले संसदका गतिविधि अगाडि बढ्न नसक्ने बैठकमा जानकारी गराएको बताए। उहाँहरुले हामी दलमा र प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने जानकारी गराएको उनको भनाई छ। 

भारत भ्रमणका बारे ब्रिफिङ

यसैगरी सभापति रवि लामिछानेले भारत भ्रमणका बारे ब्रिफिङ गरेको र समसामयिक राजनीतिका विषयमा छलफल भएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनले संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल भएको बताए। बैठकमा लामिछानेले आवश्यक परे सदनमा आफूले पनि सम्बोधन गर्ने जानकारी गराएका छन्।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति र प्रतिनिधि सभाको नियमावली पारितको विषयलाई लिएर अवरुद्ध भइरहेको छ। जसका कारण बजेटमाथि छलफल प्रारम्भ नगरी झण्डै एकहप्ता बैठक स्थगित गरिएको हो। विपक्षीले प्रधानमन्त्री स्वयं उपस्थित भएर अभिव्यक्तिको तथ्य माग र बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने नत्र सदन चल्न नदिने अडान कायम राखेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.