करका दल हेरफेर गर्ने अर्थमन्त्रीमाथि तत्काल छानबिन होस् : ज्ञानेन्द्र शाही
काठमाडौं : राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले संसदमा पेश नगरी करका दर हेरफेर गर्ने अर्थमन्त्री स्वर्णीम वाग्लेलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा पेश भएको आर्थिक विधेयकका करका दर हेरफेर गर्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।
उनले सूचना लिग गरेर कोरला नाकाबाट गाडी भित्रिएको भन्दै आपत्ति जनाए। उनले भने,‘बजेट बनाउँदा बजेटका करका दर हेरफेर गर्न अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन। अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्छ। करका नीतिमा मात्र होइन आर्थिक विधेयक चलाइएको छ।’
करबारे अर्थमन्त्रीबाहेक सचिवलाई समेत जानकारी नहुने उनको दाबी छ। उनले भने,‘करका दल हेरेफेर र नियमन गर्न सचिवलाई समेत थाहा हुँदैन। त्यो अर्थमन्त्री र स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन। तर सूचना लिग गराएर गाडी आएका छन्। यो 'कन्फ्लिट अफ इन्ट्रेस्ट' नभए के हो ?’
सांसद शाहीले संसदीय छानबिन समिति गठन गर्न माग गरे। उनले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि सरकारले आफैँ छानबिन समिति बनाएकाले आफैं निर्दोष भएको बताउँदै हिँडेकोप्रति आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरे।
देश किसान र सामान्य मजदुरले नबिगारेको उल्लेख गर्दै सत्ता र शक्तिमा भएकाले बिगारेको बताए।
प्रतिक्रिया दिनुहोस !