प्रधानमन्त्रीको जवाफ र अर्थमन्त्रीलाई कारबाहीको माग गर्दै विपक्षीले गरे सदन अवरोध, बैठक स्थगित

प्रधानमन्त्रीको जवाफ र अर्थमन्त्रीलाई कारबाहीको माग गर्दै विपक्षीले गरे सदन अवरोध, बैठक स्थगित

काठमाडौं : विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्ति र अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको र सूचना चुहाएको विषय उठाउँदै उनीहरुले बैठक अवरुद्ध गरेका हुन्। 

आर्थिक विधेयकमा अर्थमन्त्री र अर्थ मन्त्रालयले गरेको करको दर हेरफेरको विषयलाई गम्भीर रुपमा लिँदै नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्याल र रास्वपा सांसद ज्ञान बहादुर शाहीले सरकारको ध्यानाकर्षण गरेका थिए। अर्यालले आर्थिक विधेयकको १६ पृष्ठ गायब गरेर करका दर हेरफेर भएको दाबी गर्दै संलग्नलाई कारबाहीको माग गरिन्।

राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले संसदमा पेश नगरी करका दर हेरफेर गर्ने अर्थमन्त्री स्वर्णीम वाग्लेलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन्। उनले भने,‘बजेट बनाउँदा बजेटका करका दर हेरफेर गर्न अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन। अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्छ। करका नीतिमा मात्र होइन आर्थिक विधेयक चलाइएको छ।’ 

करबारे अर्थमन्त्रीबाहेक सचिवलाई समेत जानकारी नहुने उनको दाबी छ। उनले भने,‘करका दल हेरेफेर र नियमन गर्न सचिवलाई समेत थाहा हुँदैन। त्यो अर्थमन्त्री र स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन। तर सूचना लिग गराएर गाडी आएका छन्। यो 'कन्फ्लिट अफ इन्ट्रेस्ट' नभए के हो ?’

विपक्षी दलले अवरोध गरेपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.