नेकपा एसका प्रदेश सचिवालय सदस्यसहित १० जना एमालेमा

नेकपा एसका प्रदेश सचिवालय सदस्यसहित १० जना एमालेमा

नुवाकोट :  नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सचिवालय सदस्य तथा नुवाकोटका पुराना कम्युनिष्ट नेता केपी (कृष्णप्रसाद) लामिछानेसहित नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता लामिछानेसहित समाजवादीका १० जना जिल्ला कमिटी सचिवालय सदस्य र कमिटीका नेता कर्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराएका हुन्। 

एमाले प्रवेश गर्ने समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्यहरूमा मेघराज लामिछाने, दीपक पाठक, ठाकुर भण्डारी, राजन थापा, हरि गिरी, प्रेम तमाङ, यमसिं तामाङ, फुर्पाछिरिङ तामाङ, देवकी पाठक, रघु पण्डित तथा सदस्य राजेन्द्र खतिवडा लगायतका छन्।

त्यस्तै, नेकपा समाजवादीका प्रदेश कमिटी सदस्य जीतबहादुर बलामी पनि छिट्टै एमाले प्रवेश गर्ने तयारीमा रहेका नेकपा एमाले नुवाकोटले जनाएको छ। 

विशेष कार्यक्रमको आयोजना गरी बलामीलगायतलाई एमाले प्रवेश गराउने एमाले नुवाकोटका उपसचिव नीलकण्ठ आचार्यले बताए। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट तादी गाउँपालिका अध्यक्षको उम्मेदवार भएर लामिछानेले १ हजार ९ सय ४० मत पाएका थिए। एमालेका विजय खनालले १ हजार ८ सय ३० मत पाएका थिए। 
सो
 
आफूले विगतको समीक्षा गरेर बेलैमा सचेत रहेर देशलाई सम्वृद्धिको यात्रामा लैजान पुरानै घर फर्किएको लामिछानेले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.