विद्यालयमै पुगेर आचारसंहिता विपरीत कोमल वलीले गरिन् चुनावी प्रचार
दाङ : नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेकी छिन्।
उनले विद्यालयमै पुगेर विद्यार्थीको उपस्थितिमा चुनावी प्रचारप्रसार गरेको पाइएको हो।
बबई गाउँपालिका गँगटेस्थित सरस्वती जनता माविमा पुगेका वली, पार्टीका जिल्ला अध्यक्ष हुकुम बस्नेतसहितका नेता तथा कार्यकर्ताले घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका हुन्। बस्नेत प्रदेश सभा ३ (ख) का उम्मेदवार हुन्।
सो क्रममा उम्मेदवारहरूले चुनावको पोस्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषणसमेत गरेको बताइएको छ। विद्यालय परिसरबाहिरको मैदानमा कार्यक्रम गरिएको थियो भने विद्यार्थीले उम्मेदवारलाई माला लगाएका थिए।
प्रतिक्रिया दिनुहोस !