निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रवक्ता महत

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रवक्ता महत

महेन्द्रनगर : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण मतहले आगामी मंसिरमा हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन ।

'यो निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ, कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बन्छ,' उनले भने, 'यसपटक कांग्रेसले समानुपातिकमा पनि मत प्रतिशत बढाउँछ, स्पस्ट बहुमत आउनेमा दुईमत छैन ।'

 त्यसैगरी उनले यो निर्वाचन सबैका लागि कोसेढुंगा सावित हुने समेत बताए । 'विभिन्न रुपमा संविधानको मुल मर्ममाथि प्रहार हुन थाल्यो संविधानको रक्षा गर्नु पनि हाम्रो दायित्व हो, 'उनले भने,' त्यसका लागि पनि गठबन्धन गरिएको हो ।'

उनले केपी ओली नेतृत्वको सरकारले पटक-पकट संविधानको मुल मर्ममाथि नै प्रहार गरेको आरोप लगाए।

        
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.