टिपरले चुडालेको बिजुलीको तार काल बनेर आएपछि...

टिपरले चुडालेको बिजुलीको तार काल बनेर आएपछि...

वीरगन्ज : वीरगन्जमा टिपरले चुडालेको बिजुलीको तार खसेर करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । 

करेन्ट लागेर अर्का एकजना घाइते भएका छन् । 

करेन्ट लागेर मृत्यु हुनेमा पर्साकै बहुदरमाई नगरपालिका -४ बहुअरी पिडारी घर भएका ४५ वर्षीय नागेन्द्रप्रसाद यादव रहेका छन् ।

करेन्ट लागेर घाइते भएका वीरगन्ज ममहानगरपालिका ३२ चोर्नीका १९ वर्षीय सिकेन्द्र प्रसाद यादवको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार , सोमबार बिहान १० बजेतिर वीरगन्ज २२ ड्राइपोट्र–परवानिपुर सडकखण्डस्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिपरले माटो खसालेर व्याक गर्ने क्रममा विद्युतको तार चुडिएर ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा खसेको थियो ।

त्यस क्रममा करेन्ट लागेर मोटरसाइकल चालक नागेन्द्र र त्यसमा सवार सिकेन्द्र घाइते भएका थिए ।

दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमा नै मृत्यु भएको हो । टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.