नदी दोहन गर्ने उपकरण सिल

नदी दोहन गर्ने उपकरण सिल

नुवाकोट : नुवाकोटमा कानून विपरीत नदीजन्य सामग्री दोहन भइरहेको पाइएको छ। मापदण्ड विपरीत नदीमा उपकरण प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्रसरको स्थगत अनुगमन गरेको छ। 

    
कानूनविपरीत नदीजन्य सामग्रीको उत्खनन् गरिरहेको सरकारी अधिकारीहरूको टोलीले फेला पारेपछि नुवाकोटको विदुर नगरपालिका- ५ गंगटे नजिकै तादी खोला बगरमा रहेको एक क्रसर उद्योगका उपकरणहरू नियन्त्रणमा लिएर सिल गरेको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको टोलीले विभिन्न पाँच थान उपकरणहरू नियन्त्रणमा लिएको र प्रहरीले सिल गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। 
    
मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन् गरेको फेला परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। उनका अनुसार दुई स्थान स्काभेटर र तीन थान ट्रिपर नियन्त्रणमा लिएर प्रहरीले त्यसलाई सिल गरेको छ। 
    
मापदण्ड विपरीत तादी खोलाबाट सो क्रसर उद्योगले नदीजन्य सामग्रीको उत्खनन् गरेको अनुगमन टोलीले निष्कर्ष निकालेपछि तत्काल सो क्रसर उद्योग वन्द गरिएको प्रजिअ रिसालको भनाइ छ। 

उनका अनुसार नियन्त्रणमा लिएर सिल गरिएका यन्त्र उपकरण कानून अनुसार कारवाही गरिने तयारी छ। 

विदुर नगरपालिकाले पाँच दिनअघि मात्र बर्डस्टोन क्रसर उद्योगलाई नदी उत्खननको अनुमति दिएको थियो। कानून उल्लंघन र अवैध भएपछि सो क्रसर आइतबार अपराह्नदेखि रोकिएको सहायक प्रजिअ वेदप्रसाद अर्यालले बताए।  

कार्यक्षेत्रभन्दा बाहिर र तोकिएको भन्दा बढी खनेको पाइएपछि तत्कालका लागि बन्द गराइएको प्रजिअ रिसालले जानकारी दिए। 

कार्यालयले बर्डस्टोन क्रसर उद्योगलाई ३१ दिनका लागि १५ हजार घनमिटर उत्खनन् गर्न अनुमति दिएको थियो। 
यहि कात्तिक १७ गते क्रसरले पाएको अनुमतिका आधारमा नदी उत्खनन् हुँदै थियो। 

विदुर नपाले अवैध क्रसरलाई अनुमति दिइएको गुनासो तथा उजुरी आएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसो अनुगमन गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.