रौतहटका ९८ जना कैदिबन्दीले मतदान गर्ने

रौतहटका ९८ जना कैदिबन्दीले मतदान गर्ने

रौतहट : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागार रौतहटमा रहेका ९८ कैदी बन्दीले मतदान गर्ने भएका छन्।

बन्दी जीवन बिताइरहेकामध्ये ९८ जनाले निर्वाचनमा मतदान गर्ने कारागार प्रशासनले जनाएको छ।

कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्थापछि जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा रहेका ९८ जना कैदी बन्दीले मतदान गर्ने व्यवस्था गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार पहिलो पटक कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिए।

जिल्लामा २ सय ७६ मतदान स्थल कायम गरिएको छ। ५ सय २३ मतदान केन्द्र तथा दुईवटा अस्थायी मतदान केन्द्र गरी ५ सय २५ मतदान केन्द्र रहेको छ। 

जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अलग अलग मतदान केन्द्र स्थापना गरिने र त्यसका लागि छुट्टै मतदान अधिकृत नियुक्त गरिएको दासले जानकारी दिए।

निर्वाचनका लागि ४ हजार १ सय ८४ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रौतहटमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेका छन्। 

एक जना तेस्रो लिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.