मुसहरलाई हरेक चुनावमा आश्वासन मात्रै

मुसहरलाई हरेक चुनावमा आश्वासन मात्रै

रौतहट : मुसहर बस्तीमा चुनावको बेलामा मात्र नेता आउने गरेको गुनासो मुसहर समुदायको छ। गएको स्थानीय तहको चुनावमा भोट माग्न गएका नेता त्यसपछि आफ्नो टोलमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको बेलामा मात्र देखा परेको उनीहरुको गुनासो छ।

 
चन्द्रपुर नपामा रहेको मुसहर बस्तीमा नेताको लर्को लाग्न थालेको महिनै भयो। बस्तीमा नेता आउने तर आश्वासन दिएर जाने गरेको स्थानीय मुसहर अगुवाहरुको गुनासो छ।

उनीहरु भन्छन्, 'नेताहरु चुनावको बेलामा मात्र आउँछन्। अरुबेला आउँदैनन्।' जिल्लाका मुसहर बस्तीमा यतिबेला राति अबेरसम्म भोट माग्न नेताहरु आउने गरेका मुसहरका अगुवा अनुप माझीले बताए।

गएका निर्वाचनमा मुसहर बस्तीमा पुगेका नेताहरूले जितेपछि मुसहर समुदायको लागि दर्जनौं योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाडेको स्मरण गर्छन् राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहर।

मुसहरको पनि प्रतिनिधित्व होस्, राज्य संचालनमा मुसहरको पहुँच पुगोस्, राजनैतिक अघिकार पाइयोस् भन्ने चाहाना मुसहर समुदायको रहेको मुसहर अगुवा नथुनीको छ।

भुमिहीन मुसहरलाई चुनावको बेलामा लालपुर्जा बनाइदिने आश्वासन दिनेले चुनावपछि वास्ता नगरेको मुसहर अगुवाहरुको गुनासो छ। चन्द्रपुर ९ डुमरियामा करिव ५० घर मुसहर समुदायको बस्ती छ। उनीहरुका लागि न त शौचालयको व्यवस्था छ, न त खानेपानी सहजता छ। 

उनीहरुको घरको छाना छैन। बस्तीमा आउने सबै नेताले आफूले जितेपछि मुसहरको समस्या समाधान गर्ने भन्दै भोट माग्ने गरेको बताउँछन्। मुसहर बस्तीका धेरै जनाको नागरिकता, जन्मदर्ता छैन।

नागरिकता नहुँदा हजारौं मुसहरहरु भोट दिनबाट बञ्चित हुँदै आएको समेत मुसहर अगुवाहरु गुनासो गर्दछन्।

रौतहट जिल्लामा ६० वटा मुसहर बस्ती छ। करीव १८ हजार जनसख्या मुसहरको छ। जिल्लामा ५२ जना मुसहरले माध्यमिक शिक्षा उतीर्ण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.