प्रभु साहलाई समर्थन नगरेपछि माओवादीले आफ्ना दुई उम्मेदवारलाई गर्‍यो कारबाही

प्रभु साहलाई समर्थन नगरेपछि माओवादीले आफ्ना दुई उम्मेदवारलाई गर्‍यो कारबाही

रौतहट : माओवादीले रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उम्मेदवार कबिन्द्र पटेल (धिरज) र सोही पार्टीका प्रदेश समिति सदस्य बिन्देश्वर यादवलाई कारबाही गरेको छ।

सत्ता गठबन्धनले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेको अवस्थामा त्यसको विरोध गर्दै संघीय संसदका उम्मेदवार पटेलले उम्मेदवारी फिर्ता नलिएको र अर्का नेता यादवले गठबन्धनको निर्णयभन्दा बाहिर गएर स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई सर्मथन गरेपछि माओवादीले कारबाही गरेको हो।

मधेस प्रदेश इन्चार्ज गणेश साहले मंगलबार विज्ञप्ति जारी गर्दै दुबै जनालाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जनाएका छन्। पार्टीको निर्णय विपरित गतिविधि गरेको भन्दै उनीहरूलाई कारबाही गरेको माओवादीका रौतहट जिल्ला समन्वय समितिका संयोजक देबेन्द्र पटेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.