'गठबन्धनका उम्मेदवारलाई इमान्दारितापूर्वक मतदान गरौं'

'गठबन्धनका उम्मेदवारलाई इमान्दारितापूर्वक मतदान गरौं'

स्याङ्जा : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संविधानको रक्षा र मुलुको दिगो विकासका लागि लोकतान्त्रिक बामगठबन्धन बनेको जनाउँदै गठबन्धनका निर्णय मानेर निर्वाचनमा जुट्न सुझाव दिए। 

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा शुक्रबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस सभापति शर्माले प्रतिगमन र भ्रष्टाचारी स्वरुप देखिएपछि त्यसविरुद्धमा गठबन्धन जन्मन बाध्य भएको सुनाए। 

दुई/तिहाईको सरकारको नेतृत्व गरेको नेकपा एमाले र तत्कालिन प्रधानमन्त्री केपी ओलीले जनअपेक्षित काम गर्न नसकेपछि लोकतान्त्रिक बामगठबन्धनले सरकार संचालन गरेको बताए। मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनसँगै विकासका लागि गठबन्धनलाई बिजयी गराउन समेत उनको आग्रह छ।

सत्तामा बस्न र रमाउनका लागि गठबन्धन बनेको नभइ मुलुकको विकास र समृद्धिका लागि साझा संकल्पसहित लोकतान्त्रिक गठबन्धन अघि बढेको उनले बताए। लोकतन्त्रवादी र बामपन्थीले आ-आफ्ना क्षेत्रगत उम्मेदवारका चुनाव चिन्हमा इमान्दारितापूर्वक मतदान गर्दै गठबन्धनको उद्देश्य पूरा गर्न आग्रह गरे। 

‘कांग्रेसले ल्याएको नयाँ संकल्पमध्ये ३/७३ ले सबै हितमा रहेकोछ, 'उनले भने, ‘तीन वर्ष मुनिका र ७३ वर्ष माथिका सबैका लागि निशुल्क स्वास्थ्य सेवा अतिउत्तम संकल्प हो।’

उनका अनुसार, ‘सबैभन्दा बढी खर्च स्वास्थ्योपचारमा हुन्छ। जीवनभर कमाएको आर्जन स्वास्थ्य बिग्रियो भने क्षणभरमै सकिन्छ। तसर्थ कांग्रेसको उदार नीति बमोजिम यस्ता शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य, आवास, पर्यटन लगायका विविध संकल्प रहेका छन्। तिनीहरुलाई घरघरमा पुर्‍याएर जानकारी गराउनु हामी सबै कार्यकर्ताको दायित्व हो।’
 
सिंहदरबारमा पुगेका व्यक्ति धनी हुने र जनता जस्ताको तस्तै रहने प्रवृत्ति अन्त्य गर्दै निर्वाचित जनप्रतिनिधि मालिक होइन अब सेवक बनेर सिंहदरबार जानुपर्नेमा जोड दिए। 

कार्यक्रममा कार्यवाहक सभापति केदार काफ्ले,सचिव दामोदार लम्साललगायतले चुनावी अभियानका बारेमा जानकारी गराएका थिए। कांग्रेस नेता प्रदीप पौडेलले मुलुकमा लोकतान्त्रिक गठबन्धनको आवश्यकता अझै रहेकाले आफनो उम्मेदवारी निस्कृय पारी गठबन्धनका पक्षमा आएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.