दाङमा चुनावी रौनक : उम्मेदवार घर दैलोमा व्यस्त

दाङमा चुनावी रौनक : उम्मेदवार घर दैलोमा व्यस्त

दाङ : दाङमा चुनावी रौनक बढ्दै गएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि चुनानी सरगर्मी बढेको हो। 

मतदानको मिति नजिकिँदै गर्दा दाङमा उम्मेदवार घर घर, बस्ती बस्तीमा चुनावी अभियान लिएर हिँडिरहेका छन्। 

उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना योजना मतदातालाई सुनाउँदै निर्वाचनमा आफूलाई मतदान गर्नका लागि आग्रह पनि गर्दै आएका छन्। 

तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

उम्मेदवारहरू आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने तथा आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने क्रम पनि बढेकै छ। 

निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई रिझाउनका लागि कतिपय उम्मेदवारले भने मतदातालाई काममा सहयोग गरेको अभिनय गर्नका लागि धान काट्ने, खेत जोत्नेदेखि खन्नेसम्म गरिररहेका छन्। 

चुनावी प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिह्नको विषयमा मतदाताहरूलाई जानकारी गराउँदै भोट माग्ने क्रम जारी रहेको छ। 

मतदाता भेटघाटका क्रममा उम्मेदवारहरूले जनताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्नेदेखि पाँच वर्षको अवधिमा आफू र आफ्नो पार्टीले खेलेको भूमिका समेत जनतालाई राख्ने गर्दै आएका छन्।

६ प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारले मतदातालाई भेट्दै मतदाताको कुरा सुनेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन्। 

विगतमा मतदाता भएर सही तरिकाले मत हाल्न नसक्दा बदर मत बढ्ने गरेको स्मरण गर्दै दाङमा दलका कार्यकर्ता नमुना मत पत्र लिएर बस्ती बस्तीमा सिकाउँदै हिँडेका छन्। 

दलहरूले समूह नै बनाएर आफ्नो पक्षमा आउने मत नबिग्रियोस भनेर मतदातालाई सिकाउँदै हिँडेका हुन्। त्यस्तै बदर मत घटाउन भन्दै जिल्ला निर्वाचन कार्यालयले पनि जिल्लाका सबै पालिकामा नमुना मतदान सुरु गरिरहेको छ। दाङका सबै पालिकामा नमुना मतदान समेत गरिएको छ। 

बढ्यो उम्मेदवारको सक्रियता 

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू घरदैलो केन्द्रित भएका हुन। दाङका तीनवटा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश क्षेत्रका उम्मेदवार मतदाता भेटघाट र घरदैलो कार्यक्रम बढाई रहेका छन। मतदाताको घर-घरमा पुगेर आफ्नो पक्षमा मत माग्दै हिँडिरहेको देखिदा चुनावी रौनक बढेको दृष्य देखिन्छ।  

निर्वाचनमा एकातिर पाँच दलीय गठबन्धनबाट दाङ निर्वाचन क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक गिरी, निर्वाचन क्षेत्रनं. ३ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार डिल्लीबहादुर चौधरी, र क्षेत्र न.३ (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार धनबहादुर मास्कीले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएको उनीहरूको सचिवालयले बताएको छ। 

एमालेका दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वली र प्रदेश(१)का उम्मेदवार घनश्याम पाण्डे र ख का उम्मेदवार हुकुमबहादुर बस्नेतले चुनावी घरदैलोलाई तीव्रता दिएका छन्। 

उनीहरूले आ-आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गरिरहेका छन्। जिल्लाका अन्य निर्वाचन क्षेत्रका उम्मेदवारहरूले पनि घर दैलो अभियानलाई तिव्रता दिएका छन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.