रुपन्देही ३ मा बालकृष्ण खाणलाई बामदेवको पनि समर्थन

रुपन्देही ३ मा बालकृष्ण खाणलाई बामदेवको पनि समर्थन

भैरहवा : रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल कांग्रेसका केन्द्रीय सदस्य एंव गृहमन्त्री बालकृष्ण खाणलाई बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले पनि समर्थन गरेको छ।

गृहमन्त्रीसमेत रहेका खाण पाँच दलीय गठबन्धनका तर्फका उम्मेदवार हुन्। यसअघि जनमुक्ति पार्टीले पनि खाणलाई समर्थन गरेको घोषणा गरेको थियो।

रुपन्देही-३ मा उम्मेदवारी नदिएको अभियानले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर व्यक्तित्वलाई मध्यनजर गर्दै खाणलाई समर्थन गरिएको नेकपा राष्ट्रिय एकता अभियानका उपाध्यक्ष महेन्द्र अर्यालले घोषणा गरे।

आफ्नो दलले एमालेलाई समर्थन गरेको भन्ने अफवाह फैलाइएको भन्दै उनले केही स्थानमा व्यक्तिअनुसार दलले समर्थन गरेको जनाए। 

'हामीले नेकपा एमालेलाई समर्थन गरेका छौँ भन्ने अफवाह फैलाएको छ' उनले भने, 'हामीले कुनै दललाई समर्थन गरेका छैनौँ, केही स्थानमा व्यक्तिअनुसार मात्र समर्थन जनाएका छौँ।'

खाँणलाई समर्थन गरेको घोषणा गर्दै उनले अभियानले पेश गरेका विकासका योजना लगायतका कार्यहरु पूरा गर्नुपर्ने बताए।

कार्यक्रममा उम्मेदवार खाणले आफूले अभियानबाट प्राप्त विकासका योजना लगायतका कार्यहरू पूरा गर्न आफू प्रतिवद्ध रहेको जनाए।

अभियानले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरेको निर्णयले गठबन्धनले मुलुक विकासमा ऐतिहासिक भुमिका निर्वाह गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.