कोपमा नेपालको संवेदनशीलता

कोपमा नेपालको संवेदनशीलता

इजिप्टमा जारी कोप २७ सम्मेलनमा दुई सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख तथा नेतृत्व तहका सदस्यले सहभागिता जनाए। तर नेपालले भने झारो टार्ने शैलीमा महिला तथा बालबालिकामन्त्रीलाई पठायो। गतवर्ष बेलायतको ग्लास्गोमा भएको कोप २६ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगे। जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन सहभागी थिए। जलवायु क्षेत्रमा काम गर्दै आएकाहरूले प्रधानमन्त्रीको उपस्थिति अर्थपूर्ण हुने बताएका थिए।नेपालले जलवायुलाई संवेदनशील विषयको रूपमा लिएको छ भन्ने सन्देश जाने जलवायुविज्ञ डा. विमल रेग्मीको बुझाइ थियो।

तर यस वर्षको उपस्थितिलाई केवल सरकारको प्रतिनिधिको उपस्थितिको रूपमा मात्र लिन सकिने जलवायुअध्येता मधुकर उपाध्याय बताउँछन्।‘मन्त्रीलाई केवल उपस्थितिका लागि मात्रै सरकारले पठायो।सम्बन्धित क्षेत्रमा विज्ञता भएकाहरू जानुपथ्र्यो।’ अन्यथा यस्ता सम्मेलन केवल मेला जस्तो हुने र मेला भरेर आउने काम मात्र हुने असन्तुष्टी उनमा देखिन्छ। कोपमा नेतृत्व गरेर इजिप्ट पुगेकी महिला तथा बालबालिका मन्त्री उमा रेग्मीले सम्मेलनमा नेपालले हानिनोक्सानीका विषयमा जोखिममा रहेका समुदायका लागि समर्पित वित्तीय संयन्त्र चाहेको बताइन्। त्यसैगरी नेपालले साझा जलवायुकार्यमा जान क्षेत्रीय सहकार्यका लागि सधंै तत्परता देखाउँदै आएको पनि बताइन्।

वनतथा वातावरण मन्त्रालयका सचिव डा. पे्रमनारायण कँडेल तथा जलवायु परिवर्तन महाशाखाका प्रमुख डा.बुद्धिसागर पौडेल सरकारको तर्फबाट विभिन्न फोरमहरूमा नेपालका एजेन्डाहरू प्रस्तुत गरिरहेकाछन्।हालसम्म नेपालले हानिनोक्सानी, हिमालका मुद्दा, जलवायु वित्तका लागि प्रत्यक्ष सम्पर्क हुन पाउनुपर्ने माग, नेपालले स्थानीय तहमा जलवायु न्युनीकरण तथा अनुकूलनका लागि गरेका प्रयासहरू प्रस्तुत गरिसकेको छ।

बार्बडोसकी प्रधानमन्त्री मिया मोट्लीलाई यतिबेला अन्तर्राष्ट्रिय मिडियाले ‘क्यारेबियन क्वीन’को उपाधि दिएकाछन्। उनको बोल्ड प्रस्तुतिले उनलाई संसारको प्रभावशाली महिलाको सूचीमा समेत राखेको छ। उनलाई टाइम म्याग्जिनले संसारका सय प्रभावशाली महिलाको सूचीमा नामकरण गरेको छ। यस्ता सम्मेलनमा बोल्ड प्रस्तुति र सम्बन्धित विषयमा विज्ञताको अर्थ निकै रहेको जानकारबताउँछन्।संसारभरका दुई सयभन्दा धेरै मुलुकको राष्ट्रप्रमुख अगाडि उनले निर्धक्क भएर जलवायु परिवर्तनको मारले भोग्नु परेका समस्याको खुलेरै विरोध जनाएकी हुन्।

५७ वर्षीया मोट्लीले धनी मुलुकहरू आफूले गरेका विनासकारी काममा उत्तरदायी बन्नुपर्ने दाबी गरेकीछन्। साना टापु महादेशहरूका जनता जीवनमरणको संघर्षमा रहेको उनको भनाइ छ। कुनै नाटकीय परिवर्तन नभएसम्म संसारका धनी देशहरूले सन् २०३० सम्ममा हरितगृह ग्याँसको कटौती गर्ने लक्ष्य पूरा नहुने उनको गुनासो छ। जसका कारण विकासोन्मुख तथा समुन्द्र तटीय क्षेत्र र साना टापु महादेशहरू सधैं जोखिममा रहेको बताएकीछन्। उनी भन्छिन् ‘तपाईंहरू उत्तरदायी बन्नुहोस्। आफूले गरेका प्रतिवद्धताहरू पूरा गर्नुहोस्।’

दमदार प्रस्तुति दिँदै संसारभरको ध्यान खिच्न सफल भएकी छन्, २० वर्षीया युवती सोफी कियानी। इरानीयन अमेरिकन नागरिक कियानी जलवायु अभियन्ता हुन्। उनले यसपटक मध्यपूर्वी राष्ट्रहरूको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागिता जनाइन्। आफूलाई उनले संयुक्त राष्ट्रसंघको युथ एडभाजरी ग्रुपको कान्छो सल्लाहकारको रूपमा चिनाएकीछन्।संसारका कार्बन उत्सर्जकहरूलाई दबाबमूलक तरिकाले गाली गरेकीछन्। कार्बन न्युनीकरण गर्ने प्रतिवद्धता देखाएर काम नगरी चुपचाप बसेको भन्दै उनले गाली दिएकी हुन्।‘ए उत्सर्जकहरू ढाँट्न छोडिदेऊ। कुन भाषामा भनेको बुझ्छौ तिमीहरू? अरेबिया, रसियन, अंग्रेजी या कुन भाषामा ?’

सोफीले संयुक्त राष्ट्रसंघको छवटा औपचारिक भाषामा ढाँट्न छोडअथवा ‘स्टप लाइङ’ भनेकीछन्। उनले ‘स्टप लाइङ’हयासट्यागको प्रयोग गरेकीछन्। उत्सर्जनका कारण संसारका सात मिलियन मानिसको मृत्यु हुँदै आएको भन्दै उनीहरूलाई उत्तरदायी बन्न दबाब दिएकी हुन्। वाइडेन प्रशासनले अमेरिकी इतिहासमा नै धेरै तेल तथा इन्धनको बिक्री गरेको दाबी समेत गरेकीछन्। सम्मेलनमा पुगेर उनीहरूले जस्तै नेपालले पनि आफ्ना कुरा मजाले राख्न सक्नुले पनि धेरै प्रभाव पार्ने जानकारहरूको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.