देशको विकास गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ: भीमसेनदास प्रधान (भिडियो वार्ता)
![देशको विकास गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ: भीमसेनदास प्रधान (भिडियो वार्ता)](https://annapurnapost.prixacdn.net/media/albums/Bhimsendash_20221113174912_JlmaFY9Em8.jpg)
काठमाडौं: नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान चुनावी घरदैलो अभियानमा व्यस्त छन् । प्रधान काठमाडौं-६ मा सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
जित्ने दावीसहित जनतासँग भोट माग्दै घरदैलो गरिरहेका उनले काठमाडौं-६ को विकासका लागि आफूले जित्नुपर्ने बताउँछन् ।
अहिलेका शीर्ष नेताकै कारण नेपाली राजनीतिले सही निकास ननिकालेको बताउने प्रधानले अब दोस्रो तहका नेताले देश बनाउने बताए ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै प्रधानले देश बनाउन
प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने बताए ।
अहिले सामाजिक सञ्जालमा चलेको 'नो नट अगेन' भन्ने अवस्था नआएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)