फर्निचर उद्योगमा आगलागी, ३७ लाख बराबरको क्षति

फर्निचर उद्योगमा आगलागी, ३७ लाख बराबरको क्षति

डोटी : डोटीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ। 

जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा रहेको जमुना फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार गणेश बहादुर कठायतले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार साँझ ४:३० मा अचानक आगलागी भएको हो।

आगलागीबाट करिब ३७ लाख बराबरको क्षति भएको जनाइएको छ। आगलागी दिपायल सिलगढी नगरपालिकाको दमकल, स्थानीय तथा नेपाल प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको हो। 

विद्युत् सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.