निर्वाचन स्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू

निर्वाचन स्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू

तानसेन  : यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्र बोकी मतदान स्थलमा खटिएका छन्।  

निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट मतदानका लागि चाहिने मतपत्रसहित ५८ प्रकारका सामग्री बुझी कर्मचारी, सुरक्षाकर्मीहरू आआफ्नो मतदान केन्द्रमा खटिएका छन्। 

पाल्पाका ११८ मतदान स्थलका २४६ केन्द्रमा मतपत्र सहित आवश्यक सामग्री पुगेका  मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताए

बिहीबार  पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा निकै भीडभाड देखियो। 

मतदान केन्द्रमा  खटिएका कर्मचारीहरू उस्साहका साथ मतदानका सरसमान बुझेर सुरक्षाकर्मीको साथमा मतदान स्थलमा लागेका हुन्। 

बिहीबार बेलुकासम्म सबै मतदान अधिकृतहरूले  मतदान स्थलमा ४ प्रकारको  सूचना टाँस गर्नुपर्ने, पहिलो बैठक बस्नुपर्ने मुख्य निर्वाचन अधिकृत विष्टले बताए। 

जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित सहायक कर्मचारी गरी १ हजार ९ सय ७३ जना कर्मचारी, १ हजार २ सय १५ जना म्यादी प्रहरी, १ हजार नेपाल प्रहरी, २ सय ५० को संख्यामा सशस्त्र प्रहरी र ४ सय ५० को संख्यामा नेपाली सेना  परिचालित भएका छन्।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.