मुस्ताङमा मतदान सामग्रीसहित कर्मचारी प्रस्थान

मुस्ताङमा मतदान सामग्रीसहित कर्मचारी प्रस्थान

जोमसोम: मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई सम्वन्धित मतदान केन्द्रमा खटाईएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई आवश्यक मतपत्र र मतदान सामाग्रीसहित सम्वन्धित कार्यस्थलमा खटाईएको हो ।

मुस्ताङमा स्थानीय तह,संघ र प्रदेश कार्यालयमा कार्यरत कर्मचारीहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिईएको हो ।

यसअघि मुस्ताङका एक अस्थायी मतदान केन्द्रसहित ४० मतदान केन्द्रका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन स्वच्छ, निश्पक्ष,पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय आवश्यक तालिम प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.