दार्चुलाको गोकुलेश्वरमा भेटिएको 'प्रेसर कुकर बम' नक्कली
![दार्चुलाको गोकुलेश्वरमा भेटिएको 'प्रेसर कुकर बम' नक्कली](https://annapurnapost.prixacdn.net/media/albums/boom-baitadi_20221119082241_Yys6MiNzay.jpg)
बैतडी : बैतडी र दार्चुलाको सीमामा रहेको गोकुलेश्वर बजार नजिकैको पूलमा भेटिएको नक्कली प्रेसर कुकर बम डिस्पोज गरिएको छ। उक्त बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हो।
कुलेश्वर बजार नजिकैको पूलमा शुक्रबार राती भेटिएको प्रेसर कुकर बम शनिबार बिहान डिस्पोजल टोलिले बम डिस्पोज गरेको हो । डिस्पोजपश्चात पुलमा राखिएको प्रेसर कुकरमा माटो मात्रै भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ। यस्तै उक्त कुकर राखिएपछि रातिबाट सवारी बन्द थियो। प्रेसर कुकर हटाएसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न एवं मतदातालाई त्रसित पार्ने उदेश्यले बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)