सोलुको चार हजार मिटर उचाईमा पाङबोचे मतदान केन्द्र

सोलुको चार हजार मिटर उचाईमा पाङबोचे मतदान केन्द्र

सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित पाङबोचे मतदान स्थल जिल्लाकै सबैभन्दा उच्च स्थानको मतदान केन्द्रमा परेको छ । 

मंसिर ४ गते हुने निर्वाचनका लागि पाङबोचे आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र करिब ४ हजार मिटरको उचाईमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो मतदान केन्द्रमा ३८४ जना मतदाता छन् भने मतदान अधिकृतसहित ८ जना कर्मचारी खटिएका छन् । उक्त स्थलमा मतदान अधिकृतको रुपमा खुम्जुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक ङवाङ दोर्जी वाईनङ (एनडी राई) खटिएका छन् । 

कर्मचारी मतदान केन्द्र पुगेर आवश्यक तयारीको काम गरिरहेको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए । उच्च स्थान भएकाले पानी जम्ने लगायत विभिन्न चुनौतीका विच व्यवस्थापनको काम गरिरहेको मतदान अधिकृत ङवाङ दोर्जी वाईनङ (एनडी राई) ले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.