पर्सामा नक्कली मतपत्र र गाडीसहित एक जना पक्राउ
![पर्सामा नक्कली मतपत्र र गाडीसहित एक जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_SQx2A9ibHk.jpg)
वीरगन्ज : पर्सामा नक्कली मतपत्र र गाडीसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सहवीर अहमद रहेको प्रहरीले जनाएको छ। उनलाई नक्कली मतपत्र र स्वस्तिक छाप सहित पक्राउ गरिएको हो। उनीसँगै गाडीका चालक सुरज साहलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो कालिकामाइ गाउँपालिका-१ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५०८ थान र स्वस्तिक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।
मौन अवधिको समयमा चुनाव प्रचारप्रसारका लागि कुनै पनि गतिविधि गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताए।
बरामद मतपत्र, स्वस्तिक छाप र गाडीसहित दुवै जनालाई पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाइएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)