नुवाकोट जिल्ला कारागारमा एक घन्टामै सकियो मतदान

नुवाकोट जिल्ला कारागारमा एक घन्टामै सकियो मतदान

नुवाकोट : अस्थायी मतदान केन्द्र रहेको नुवाकोट जिल्ला कारागारमा शतप्रतिशत मत खसेको छ । विदुर नगरपालिका -१ ढुंगेमा रहेको नुवाकोट जिल्ला कारगारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा  २४ जना कैदीबन्दीले मतदान गरेका छन् ।

कारागारमा रहेका कैदीबन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो । एक घण्टामै शतप्रतिशत मत खसेको कारागारका प्रमुख तथा निर्वाचन अधिकारी गंगालाल योगीले जानकारी दिए । उनका अनुसार मतदान शतप्रतिशत भएपछि निर्वाचन आयोगको निर्देशन अनुसार कार्य सम्पादन गरिएको छ ।

नुवाकोट कारागारमा २४ कैदीबन्दी र दुईजना अस्थायी मतदाता नामावलीमा नाम समावेश रहेको समेत गरी २६ मत खसेको छ । नुवाकोट जिल्ला कारागारमा हाल १६ महिलासहित एकसय ६६ जना कैदीबन्दी रहेका छन् । अन्य कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न पाएनन्।

रसुवाको धुन्चेस्थित जिल्ला कारागारमासमेत शतप्रतिशत मत खसेको छ । यहाँ पनि एक घण्टामै शतप्रतिशत मत खसेको हो । सो कारागारमा १३ जना कैदीबन्दी र अन्य चारजना अस्थायी मतदाता नामावलीमा नाम समावेश रहेका कर्मचारीसमेत गरी १७ जनाले मतदान गरेको रसुवा कारागारका जेलर तथा सहायक मतदान अधिकृत हरिराम न्यौपानेले जानकारी दिए  ।

उनका अनुसार मतपेटिका भने बेलुकी ५ बजेसम्म नै मतदान केन्द्रमा राखिनेछ । धुन्चेमा रहेको रसुवा कारागारमा हाल  विभिन्न मुद्दामा आठ महिलासहित ८१ जना कैदीबन्दी रहेका छन् । कारागारमा दलका प्रतिनिधिहरुको रोहवरमा मतदान कार्य सम्पन्न गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.