सङ्खुवासभाको दुई मतदान केन्द्रको मतदान फेरि सुरु

सङ्खुवासभाको दुई मतदान केन्द्रको मतदान फेरि सुरु

सङ्खुवासभा : सङ्खुवासभाको चैनपुर र खाँदबारी नगरपालिकाको मतदान सुरु भएको छ। 

चैनपुर-६ को सरस्वती माविको ‘ख’ केन्द्रमा र खाँदबारी नगरपालिका-३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङ ‘ख’ केन्द्रमा मतपत्र फरक परेपछि मतदान स्थगित भएको थियो। 

महेन्द्र माविको ‘ख’ केन्द्रमा ३१ वटा मतपत्र र सरस्वती माविको ‘ख’ केन्द्रमा ४१ वटा मतपत्र साटफेर भएपछि मतदान रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सङ्खुवासभाले जनाएको छ।

महेन्द्र माविमा प्रतिनिधि सभाको मतपत्र प्रदेशसभामा र प्रदेश सभाको प्रतिनिधि सभामा साटीएको थियो। 

त्यसैगरी सरस्वती माविमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा साटिएपछि मतदान रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

महेन्द्र माविको त्यसअघि भएको मतदानलाई त्यही अवस्थामा सिल गरी नयाँ मतपेटिका मतदान गर्ने सहमति भएपछि मतदान सुरु भएको हो। 

चैनपुरमा मतपत्र नं. ०७७४२०१ दखि ०७७४२४१ सम्मको मतपत्र बदर गरी यसअघिको मतपेटिका परिर्वतन गर्ने सहमतिपछि पुनः मतदान सुरु भएको छ। 

मतदान अधिकृत उमेश अधिकारीले हस्ताक्षर गरिसकेको मतपत्र प्रयोग गरिसकेपछि बाँकी मतपत्रमा सहायक मतदान अधिकृत उमाकान्त ढकालको हस्ताक्षरबाट सञ्चालन गर्ने समेत सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रतिनिधिसभा सदस्यका लागि पुरुष ६० हजार ८ सय ६४ र ५६ हजार ६ सय ९० महिलासहित १ लाख १६ हजार ५ सय ५४ मतदाता रहेका छन्।  

प्रदेशसभा (१) मा पुरुष ३० हजार ६ सय ६३ र महिला २८ हजार ३ सय ६६ सहित ५९ हजार २९ मतदाता रहेका छन्। 

त्यस्तै गरी प्रदेशसभा (२) मा पुरुष ३० हजार २ सय १ र महिला २८ हजार २८ हजार ३ सय २४ सहित ५८ हजार ५ सय २५ मतदाता रहेका छन्। 

प्रतिनिधिसभा सदस्यमा दुई स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै गरी प्रदेश सभा (१) मा एक एक स्वतन्त्र सहित ८ जनाको उम्मेदवार छन्। प्रदेश सभा (२) तर्फ २ स्वतन्त्र सहित ९ जना उम्मेदवार छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.